सम्पत्ति शुद्धीकरणकाे अभियाेगमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पहिलोपटकका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो।