बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध ब्राउन सुगरसहित मधुवन नगरपालिका- ८ का २३ वर्षीय भूपेन्द्र राना क्षेत्री र सोही पालिका- ६ का ३९ मेहदी हसन अन्सारी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय ढोढरीले शुक्रबार बिहान शंका मानेर सोधपुछ तथा चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर राना क्षेत्री र अन्सारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

उनले भने, ‘पक्राउ परेका दुईजनाको साथमा नाै ग्राम पाँच सय १० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान  भइरहेको छ।’

सुझावित समाचार