इतिहासमा आज

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

सन् १९६३ : भियतनाममा चलिरहेको अमेरिकी आक्रमणको विरोध गर्दै साइगन सहरको बिचसडकमा बौद्ध भिक्षु थिक क्वाङ डुकले आत्मदाह गरे । 

सन् १७७६ : अमेरिकी महादेशमा रहेका विद्रोही १३ ब्रिटिस उपनिवेशले गठन गरेका ‘कन्टिनेन्टल कंग्रेस (संसद्)’ले ‘स्वतन्त्रताको घोषणापत्र’ तयार गर्न एक समिति गठन गर्यो । समितिले तयार पारेको घोषणापत्र जुलाई ४ मा (जुन दिन अमेरिकाले स्वतन्त्रता दिवस मनाउँछ) जारी गरिएको थियो ।

सन् १९०३ : सर्बियाली सेनाको असन्तुष्ट समूहले देशका राजा एलेक्ज्यान्डर प्रथम र रानी ड्रागाको हत्या गरे ।

सन् १९१३ : ‘योङ्ग टर्क’को एक समूहले अटोमन साम्राज्यका सरकार प्रमुख महमुद सेभकेत पासाको हत्या गरे ।

सन् १९१७ : एथेन्स कब्जा गरेका मित्रशक्तिले ग्रिसलाई पहिलो विश्वयुद्धमा ग्रिसलाई सहभागी गर्न अनिच्छा जनाएका राजा कन्स्ट्यान्टिन प्रथमलाई गद्दी त्याग्न लगाए । कन्स्ट्यान्टिनका छोरा एलेक्ज्यान्डर ग्रिसका नयाँ राजा बने ।

सन् १९४२ : दोस्रो विश्वयुद्धको क्रममा नाजीविरुद्ध लड्न अमेरिका र सोभियत संघले मिलेर जाने आपसी सहयोगको सिद्धान्तमा सम्झौता गरे ।

सन् २००९ : विश्व स्वास्थ्य संगठनले सुँगुरबाट सुरु भएको ‘एच१एन१ स्वाइन फ्लु’लाई विश्वव्यापी महामारी घोषणा गर्यो, जुन चालीस वर्षको अन्तरालमा गरिएको पहिलो विश्वव्यापी महामारीको घोषणा थियो ।

सन् २०१२ : नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले खर्च टिकाउ बनाउन भन्दै पुरस्कार राशी २० प्रतिशतले घटाइयो ।

सन् २०१७ : अमेरिकी शासनमा रहेको प्युटो रिकोमा भएको जनमतसंग्रहमा ९७ प्रतिशतले सो टापुलाई अमेरिकाको नयाँ राज्य बनाउनुपर्ने पक्षमा मत दिए । बाध्यकारी नहुने यो केही दशकभित्र गरिएको पाँचौँ जनमतसंग्रह थियो । सन् १८९८ को स्पेनिस–अमेरिकी युद्धपछि सो भूमिमा अमेरिकाको शासन चलिरहेको छ । 

सुझावित समाचार