सन् १९९३ : इरिट्रियाले ३० वर्ष लामो गृहयुद्धपछि इथियोपियाबाट स्वतन्त्रता हासिल गर्यो । योसँगै अफ्रिकाको दोस्रो ठुलो जनसंख्या भएको मुलुक इथियोपिया भूपरिवेष्टित बन्यो ।
सन् १७६४ : स्यामुयल एडम्सले सुगर ऐनको विरोधमा बस्न लागेको ‘बोस्टन टाउन’ बैठकका लागि तयार पारेको एक लेख ‘प्रतिनिधित्वविना कर नतिर्ने’ प्रतिरोधको आधार बन्यो ।
सन् १८२२ : पिचिन्चाको युद्धपछि सिमोन बोलिभार इक्वेडरलाई स्पेनको उपनिवेशबाट मुक्त गर्न सफल भए ।
सन् १९४४ : एन्वर होक्जा अल्बानियाको फासीवादीविरोधी समूहको प्रमुख बने । उनी कम्युनिस्ट अल्बानियाका राष्ट्रपति बने ।
१९५८ : क्युबामा तानाशाही शासन चलाइरहेका राष्ट्रपति फुल्जेन्सियो बाटिस्टाले फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको विद्रोहविरुद्ध सैन्य अभियान सुरु गरे ।
सन् २००० : इजरायली फौजले २२ वर्षदेखि कब्जा गर्दै आएको दक्षिणी लेबनानबाट सेना फिर्ता गर्यो ।
सन् २००१ : १५ वर्षीय तेम्बाछिरी शेर्पा सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्ति बने ।
सन् २००४ : उत्तर कोरियाले मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगायो ।
सन् २०१४ : थाइल्यान्डमा कु गर्ने सेनाले अपदस्थ प्रधानमन्त्री यिङलक सिनावार्तालाई पक्राउ गर्यो ।
सन् २०२१ : म्यानमारमा सैन्य कुपछि अपदस्थ भएर कारागारमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई पहिलोपटक अदालतमा पेस गरियो ।
सन् २०२३ : पक्षघात भएका एक व्यक्तिलाई स्विट्जरल्यान्डको एक चिकित्सक टोलीले स्नायु लिंक कायम गरेपछि पहिलोपटक हिँड्न सफल भए ।