राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार दोस्रो अन्तर्राष्ट्रिय टी–२० आई सिरिजमा घरेलु टोली मलेसियालाई सात विकेटले हराएको छ । दुई खेलको सिरिजमा नेपालले २–० ले बाजी मार्यो ।
पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर ८२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १६ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालको ब्याटिङमा सम्झना खड्काले अविजित ३९ रन, कविता कुँवरले अविजित १९ रन बनाए ।
मलेसियाका लागि नुर दानियाँ, आइसा एलिसा र आइना हमिजाले समान एक विकेट लिए । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षत्रीले समान दुई विकेट हात पारे ।