- युद्धभूमिमा रुसको गति रोकिएको छ । अमेरिकास्थित थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) का अनुसार अप्रिलमा रुसी सेनाले युद्ध क्षेत्रमा ठुलो क्षति व्यहोर्नुपरेको छ ।
एक वर्षअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘युद्ध युक्रेनमा फिर्ता ल्याउने’ रणनीति प्रस्तुत गरेका थिए । ‘युद्ध रुसबाट ल्याइएको थियो र यो युद्धलाई रुसमै पछाडि धकेल्नुपर्छ । उनीहरूलाई शान्तितर्फ बाध्य पार्नुपर्छ । सुरक्षा सुनिश्चित गर्न उनीहरूलाई नै दबाब दिनुपर्छ,’ जेलेन्स्कीले मार्च २०२५ मा भनेका थिए ।
त्यसवेलादेखि र यस वर्ष अझ तीव्र रूपमा युक्रेनले रुसी सम्पत्तिको ‘रणनीतिक तटस्थीकरण’ गरिरहेको छ । यसको अर्थ रगत र खजानाको हिसाबले युक्रेनलाई कब्जा गरिएको क्षेत्र फिर्ता लिन कडा लडाइँ गर्नुपर्छ ।
लगभग दैनिकजसो युक्रेनको नयाँ हतियार क्षमता, विशेषगरी यसको आफ्नै लामो दूरीको क्षेप्यास्त्र र उच्च क्षमताको ड्रोनले विनाश निम्त्याइरहेका छन्, जहाँ तिनीहरूले ऊर्जा पूर्वाधार, हतियार र विस्फोटक कारखाना र सैन्य कमान्ड र रसद केन्द्रमा प्रहार गर्छन् । युद्ध मैदानमा युक्रेनले प्रतिरक्षा गरिरहेको छ, युक्रेनी स्रोतका अनुसार प्रतिमहिना लगभग ३५ हजार रुसीलाई मारिरहेको वा घाइते बनाएको छ, जसले युद्धमा कुल मृत्युको संख्या साढे तीन लाख पुगेको दाबी गरिएको छ ।
रेगेन्सबर्ग विश्वविद्यालयका इतिहासकार उल्फ ब्रुनबाउरका अनुसार युक्रेनको उद्देश्य आफ्ना पश्चिमी समर्थकलाई यो देखाउनु हो कि ‘उनीहरूसँग स्थायी शक्ति मात्र छैन, बरु रुसलाई हानि पुर्याउन सक्ने क्षमता छ । यसले रुसलाई सम्झौताका लागि प्रोत्साहन गरेर किभलाई अन्तिम शान्ति वार्ताका लागि राम्रो स्थितिमा राख्छ ।’
रुसभर फैलिएका क्षतिग्रस्त तेल रिफाइनरीले रुसको आर्थिक जीवनरेखा उकुसमुकुस हुनुमा युक्रेनको सफलतालाई जोड दिन्छ । अप्रिलमा युक्रेनी सशस्त्र सेनाले २० तेल रिफाइनरी र निर्यात टर्मिनलमा प्रहार गरेका छन् । अप्रिल २८ मा रुसको कृष्ण सागर तटमा रहेको तुआप्से तेल रिफाइनरीमा युक्रेनी ड्रोन हमलाका नाटकीय तस्बिरहरूले युद्धमा रहेको रुसलाई विचलित देखाएको थियो, एक सातासम्म उक्त क्षेत्रबाट बाक्लो कालो धुवाँ निस्कियो र तीन सहरसहित दक्षिणी रुसको ३०० किलोमिटरभन्दा बढी क्षेत्रलाई ढाकेको थियो । युक्रेनबाट एक हजार ७५० किलोमिटर टाढासम्म प्रहार गरिएका हमला (जुन चार वर्षअघिको सम्भावित दायराभन्दा २.५ गुणा टाढा छ) ले रुसलाई इरान युद्धको कारणले भएको उच्च पेट्रोलियम मूल्यको पूर्ण रूपमा पुँजीकरण गर्न असमर्थ बनाएको छ ।
अल जजिराका अनुसार युक्रेनले रुसलाई तेल निर्यातबाट अप्रत्यासित नाफा कमाउनबाट रोकेको छ, जसमध्ये केही अमेरिकाले इरान युद्ध र ऊर्जा संकटको सन्दर्भमा व्यक्तिगत प्रतिबन्ध हटाएर सम्भव बनाएको थियो । अर्को शब्दमा भन्नुपर्दा युक्रेनले रुसका लागि विनाशकारी देखिने अमेरिकी नीतिको प्रभाव जाँच गर्ने तरिका फेला पारेको छ । रिफाइनरीमा युक्रेनी ड्रोन आक्रमणको परिणामस्वरूप मार्चमा रुसको समुद्री तेल ढुवानी प्रतिदिन लगभग तीन लाख ब्यारेलले घट्यो । ब्लुमबर्गका अनुसार अप्रिलमा रुसी तेल रिफाइनरीको औसत उत्पादन प्रतिदिन ४.६९ मिलियन ब्यारेलमा झरेको छ, जुन डिसेम्बर २००९ पछिको कीर्तिमानी गिरवाट हो ।
हवाई रक्षा प्रणाली, हवाई क्षेत्र र हतियार संयन्त्रजस्ता सैन्य प्रतिष्ठानमा भएका आक्रमणले युक्रेनमा रुसको स्थल युद्धलाई पनि बाधा पुर्याएको देखिन्छ । स्थलयुद्ध किभको अहिलेको प्राथमिकतामा छ । युद्धभूमिमा रुसको अगाडिको गति रोकिएको छ । अमेरिकास्थित थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लू) का अनुसार अप्रिलमा रुसी सेनाले युद्ध क्षेत्रमा ठुलो क्षति व्यहोर्नुपरेको छ ।
यस सप्ताहन्तमा युक्रेनको लामो दूरीको हमला रुसी केन्द्रभूमिको गहिराइमा पुगे र उसको सैन्य प्रविधि उद्योगलाई हानि पुर्यायो । लामो दूरीको आक्रमणमा युक्रेनी ड्रोनले रुसको अर्धचालक उद्योगको मुख्य कोग जेलेनोग्राडमा एंङस्ट्रेम माइक्रो इलेक्ट्रोनिक्सलाई प्रहार गरे । ड्रोनहरूले मस्कोबाट केवल ८० माइल उत्तरमा रहेको दुब्नामा रुसको क्रुज मिसाइल कार्यक्रमको तन्त्रिका केन्द्रलाई पनि क्षति गर्यो । ‘यो रणनीति युक्रेनको युद्धभूमिबारे हो । यो रुसलाई दोनबास क्षेत्र लिनबाट रोक्ने र युक्रेनले नियन्त्रण गर्न सक्ने वार्तामा बाध्य पार्ने बारेमा हो,’ आइएसडब्लू विश्लेषक जर्ज बारोसले भने, ‘त्यो समाधानको आधार हुनुपर्छ ।’
बारोसका अनुसार रुस स्पष्ट रूपमा अब यस्तो तरिकाले डगमगाउँदै छ, जुन पहिले कहिल्यै भएको थिएन । रुस आत्तिइरहेको संकेतहरू जताततै छन् । त्यसकै प्रतिफल सम्भवतः मे ९ मा युद्धविरामका लागि पुटिनको आह्वान थियो । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनामा रुसको विजय दिवस पारेर युद्धविराम गरिएको थियो । उक्त दिनलाई रुसले धूमधामका साथ मनायो । पुटिनले युक्रेनलाई उत्सवमा बाधा नपुर्याउन अनुरोध गरे र सामान्यतया उबर–मार्सल परेडले यस वर्ष कुनै पनि सैन्य बढाइचढाइ गरेन ।
स्वतन्त्र रुसी मिडिया आउटलेट मस्को टाइम्सका अनुसार क्रेमलिनले आफ्नो युद्ध लक्ष्य र ‘विशेष सैन्य अप्रेसन’बारे रुसीलाई बताएको कथनलाई पुनर्विचार गरिरहेको छ । यसले युद्धलाई कम महŒव दिएको देखिन्छ । रुसी अधिकारीले स्पष्ट रूपमा युक्रेनसँग शान्ति सम्झौतालाई ‘विजय’को रूपमा लिने तयारी गरिरहेका छन् । क्रेमलिनले सार्वजनिक सन्देशलाई सम्पूर्ण युक्रेन, विशेषगरी किभ कब्जा गर्ने र रुसले पहिले नै कब्जा गरेको पूर्वी र दक्षिणी युक्रेनमा कब्जा गरेको क्षेत्रलाई दृढतापूर्वक आफ्नो कब्जामा लिने अघिल्लो लक्ष्यबाट टाढा सार्न चाहन्छ ।
र युद्धको उच्च लागतबारे रुसी राजनीतिक रणनीतिकारमा असन्तुष्टिको प्रमाण पनि छ । मस्को टाइम्सका अनुसार उच्चपदस्थ अधिकारीले युद्धको निरन्तरतामाथि ठुलो स्वरमा प्रश्न उठाउन थालेका छन् । सम्पूर्ण दोनबास क्षेत्र कब्जा गर्न पूर्ण युद्धकालीन अर्थतन्त्र र देशव्यापी जनपरिचालन आवश्यक रहेको उनीहरूको बुझाइ छ । यसले, रुसको स्रोतहरू खतरनाक रूपमा समाप्त हुने, अर्थतन्त्र ध्वस्त हुने र पहिले नै देखिएको भयानक जनसंख्या गिरावटले गति लिनेछन् । रुसका लागि यी धक्का जनमतमा बढ्दो रूपमा प्रतिबिम्बित भइरहेका छन्, जसले अहिलेसम्म युद्धलाई ठुलो मात्रामा समर्थन गर्दै आएको छ । यद्यपि, रुसी सर्वेक्षणले देखाउँछ कि ७३ प्रतिशत रुसीहरूले पुटिनको कार्यलाई अनुमोदन गर्छन् । पब्लिक ओपिनियन फाउन्डेसनका अनुसार यदि यो पश्चिमी राजनीतिज्ञमा लागू गरियो भने यो एक बलियो संख्या हो, तर यो फेब्रुअरी २०२२ पछि रेकर्ड गरिएको सबैभन्दा कम संख्या हो ।
धेरैजसो रुसी विज्ञले युक्रेनले पुटिनलाई हटाउन रुसी उठ्ने आशा राखेका भन्ने गणनाप्रति भने शंका गर्छन् । अधिनायकवादी राज्यको नियन्त्रण धेरै बलियो छ र आफ्नो पक्षमा जनमत सुनिश्चित गर्न पुटिनले व्यापक रूपमा प्रयोग हुने टेलिग्राम च्यानलजस्ता सामाजिक सञ्जालमा कडाइ गरेका छन्, जुन धेरै रुसीका लागि व्यापक रूपमा पहुँचयोग्य मिडिया स्रोत हुन् ।
आइएसडब्लूका बारोसको भनाइमा जनमत आज क्रेमलिनका लागि यस तरिकाले महŒवपूर्ण छ कि यो शीतयुद्धको समयमा थिएन । ‘हाम्रो टोली पुटिनले शासन स्थिरतालाई अधिकतम बनाउन र स्वदेशमा असन्तुष्टि कम गर्न सैन्य रूपमा शंकास्पद निर्णय कति हदसम्म लिएका छन् भन्ने कुरामा छक्क परेको छ,’ बारोसले भने । युक्रेनसँग युद्ध जित्ने ‘कार्ड छैन’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्कलाई सन्दर्भ जोड्दै युक्रेनी रक्षा मन्त्रालयका सल्लाहकार फेदिर सेर्डियुकले भने, ‘अहिले युक्रेनसँग गहिरो आक्रमण क्षमता मात्र होइन, यसले कृष्ण सागरमा प्रभाव देखाउन अत्याधुनिक मानवरहित सवारी साधन र सेन्सरमा निर्भर गर्छ,’ उनले भने ।
(बर्लिनस्थित पत्रकार हकेनोस राजनीतिक विश्लेषक हुन् । उनले मध्य तथा पूर्वी युरोपमा १९८९ देखि काम गरेका छन्)
फरेन पोलिसीबाट