घाँटी रेटिएको अवस्थामा दोधाराका एक पुरुष ओछ्यानमा मृत फेला

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक पुरुष आफ्नै ओछ्यानमा मृत फेला परेका छन्। दोधाराचाँदनी नगरपालिका– ५, सेराटोलका ५० वर्षीय लीलाराम सुनार घाँटी रेटिएको अवस्थामा आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।  सोमबार बिहान सुनार बीभत्स अवस्थामा मृत भेटिएपछि हत्याको आशंका गरिएको छ ।

यति मात्रै नभई कुनै व्यक्ति समूहले सुनार सुतेकै अवस्थामा घाँटी रेटेर हत्या गरेकोसमेत दाबी गरिएको छ । प्रहरीले घटनास्थलबाट कुखुरीसमेत बरामद गरेपछि हत्या भएको पुष्टि भएको छ । यस्तै, गएराति भीमदत्त नगरपालिका– ९, जमुनाभाडीका ४५ वर्षीय गौरसिंह सार्की पनि मृत फेला परेका छन्।

आइतबार तोरी पेल्छु भन्दै घरबाट हिँडेका सार्की मृत फेला परेका हुन् । सुनार र सार्की घरपरिवारले आ–आफ्ना मृत फेला प्रकरणको छानबिन गरेर दोषीउपर कारबाहीको माग गरेका छन् । दुवै घटनाको छानबिन भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए । ‘सुनार मृत फेलादेखि सार्की मृत फेला दुवै प्रकरणमा समेत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शंकास्पद व्यक्ति समूहमाथि निगरानी भइरहेको छ ।’  

See More On

सुझावित समाचार