बुढीगण्डकी नदीमा बाढीको सतह खतरा तहभन्दा माथि पुगेको र पानीको सतहमा घटबढ हुने क्रम जारी रहेकाले नदीआसपासका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ।
त्यसैगरी, मुग्लिनसम्मको क्षेत्र उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ। चितवन र नवलपरासीका नदीआसपासका क्षेत्रलाई मध्यम जोखिममा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ।