बुढीगण्डकीमा आएको बाढीबाट भएको क्षतिप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठुलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःख लागेको बताएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बुढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

उनले विपतकाे यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिलसमेत गरेका छन्।

बाढीबाट प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन्।


 

सुझावित समाचार