बुढीगण्डकीमा आएको बाढीबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक जारी

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको अवस्थाबारे समीक्षा गर्न मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बिहानदेखि जारी छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भइरहेको बैठकमा बाढीको अवस्थाको निरन्तर निगरानी, जोखिमको विश्लेषण तथा आवश्यक सतर्कता र प्रतिकार्यका विषयमा छलफल भइरहेको छ।

बैठककै क्रममा सम्बन्धित निकायलाई आवश्यक सूचना तथा निर्देशनसमेत दिइँदै आएको जनाइएको छ। बाढीको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायबिच समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा बैठक केन्द्रित रहेको छ।

बैठकमा गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत कमान्ड पोस्टका सदस्यहरूको उपस्थिति रहेको छ।

बुढीगण्डकी नदीमा आएको बाढीबाट हुन सक्ने थप क्षति न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि सम्बन्धित निकायले अवस्थाको निरन्तर अनुगमन र विश्लेषण गरिरहेका छन्।

सुझावित समाचार