घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा अमेरिकाविरुद्ध टस हारेको छ । शनिबार त्रिवि मैदानमा अमेरिका कप्तान साइतेजा मुककामल्लाले टस जितेर ब्याटिङ रोजेका हुन् ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुमा बलिङ गर्दै छ । अमेरिकाका नियमित कप्तान मोनांक पटेल घाइते भएका कारण साइतेजाले कप्तानी गरेका हुन् ।
प्रशिक्षक स्टुआर्ट लले मंगलबार स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा ३ परिवर्तन गरेका छन् । करण केसी, विनोद भण्डारी र अर्जुन कुमाल बेन्चमा रहँदा सोमपाल कामी, कुशल भुर्तेल र इशान पाण्डेले प्लेईङ–११ मा मौका पाएका छन् । इशानले नेपालको एकदिवसीय टिमबाट आज डेब्यु गर्दैछन् ।
नेपालको पहिलो ११
रोहित पौडेल (कप्तान), इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी