- सन् १९४८ : ‘वर्ल्ड जाइअनिस्ट अर्गनाइजेसन’का प्रमुख डेभिड बेन–गुरियनले प्यालेस्टाइनको एक हिस्सालाई बेलायतको शासनबाट स्वतन्त्र भएको र इजरायल राष्ट्र स्थापनाको घोषणा गरे । यस दिनलाई आज पनि इजरायलमा स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ ।
- सन् १८७९ : ब्रिटिस शासकले फिजीमा काम गर्न लगिएका ४६३ जना भारतीय श्रमिक बोकेको जहाज ‘लियोनिडास’ सो देश पुग्यो । त्यसको ३७ वर्षमा उखु खेतीका लागि लगिएका भारतीय श्रमिकको संख्या साठी हजार पुगेको थियो । देशको उखु उद्योग र सांस्कृतिक परिदृश्यमा ठुलो प्रभाव पारेको भारतीयको आगमनको पहिलो दिन मे १४ लाई फिजीमा हरेक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।
- सन् १९३५ : फिलिपिन्समा भएको जनमत संग्रहले नयाँ संविधानलाई अनुमोदन गर्यो । संविधानमा अन्तरिम सरकार बनाएर देशलाई अमेरिकाको उपनिवेशबाट स्वतन्त्रता दिलाउने कुरा उल्लेख थियो ।
- सन् १९३९ : पेरुकी पाँच वर्ष सात महिना २१ दिनकी लिना मेदिनाले एक छोरालाई जन्म दिइन् । यो सबैभन्दा सानो उमेरमा गर्भाधान भएको प्रमाणित घटना हो ।
- सन् १९५५ : कम्युनिस्ट देशले नेटोको प्रतिद्वन्द्वी संस्थाका रूपमा ‘बार्सा प्याक्ट’ गठन गरे ।
- सन् १९७३ : अमेरिकाले देशको पहिलो अन्तरिक्ष केन्द्र ‘स्काइल्याब’ प्रक्षेपण गर्यो ।
- सन् १९९५ : दलाई लामाले ६ वर्षीय गेदुन चोइक्यी निमालाई ११औँ पन्चेन लामा (तिब्बती बौद्ध परम्परामा दोस्रो शीर्ष आध्यात्मिक नेता) घोषित गरे । तिब्बतमा शासन गरिरहेको चीनले घोषणालाई अमान्य घोषित गर्दै निमा र उनको परिवार त्यसवेलादेखि अज्ञात स्थानमा राखेका छ । चीनले ग्यानचेन नोर्बुलाई अलग पन्चेन लामा चयन गर्यो ।
इतिहासमा आज
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
२ हप्ता अघि
सुझावित समाचार
रोहिंग्याको दमनविरुद्ध मुस्लिम देशहरू किन दरिलोसँग आवाज उठाउन सक्दैनन् ?
इस्लामिक सहयोग संगठनले आफ्नो सदस्य नभएका सरकारहरूमार्फत रोहिंग्याविरुद्ध गरिएको दुर्व्यवहारलाई पनि चुनौती दिनुपर्छ
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु
इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्…
ट्रम्पसँग तनावपछि युक्रेनी सेनाको स्टारलिंक इन्टरनेटमा पहुँच सीमित
रुसले युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्दा अमेरिकाले विगतमा दिनेजस्तो आक्रमणको पूर्वसूचनासमेत युक्रेनी पक्षलाई दिएन
म्यानमारमा ‘स्क्याम सेन्टर’ चलाउने तीन चिनियाँलाई मृत्युदण्ड
बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डक…
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…
प्रान्तीय सरकार भंग गरिए पनिपिटिआईले ‘लङ मार्च’ नरोक्ने
इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले सं…