बराबरीमा रोकिँदा रोनाल्डो निराश

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

साउदी प्रो लिग उपाधिनजिक पुगेको अल नासरले रियादमा अल हिलालसँग १–१ को बराबरी नतिजा निकालेको छ । बराबरीसँगै अल नासरको प्रो लिग च्याम्पियन बन्ने प्रतीक्षा लम्बिएको छ ।

अपेक्षित नतिजा आएको भए अल नासरले एक खेलअगाडि नै उपाधि जित्ने थियो । बराबरी नतिजापछि अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो निराश हुँदै मैदानबाट बाहिरिए । सन् २०२३ मा म्यानचेस्टर छाडेर अल नासरमा आबद्ध भएका रोनाल्डोले अहिलेसम्म टोलीलाई प्रो लिग उपाधि दिलाउन सकेका छैनन् ।

बराबरीपछि अल नासर ८३ अंकसहित शीर्ष स्थानमा छ । उसले एक खेल खेल्न बाँकी छ । दोस्रो स्थानको अल हिलालले ७८ अंक बटुलेको छ । अल हिलालले अझै दुई खेल खेल्न बाँकी छ । अब अल नासरले अन्तिम खेलमा दमाकलाई हराउनुपर्ने दबाबमा छ ।

सुझावित समाचार