बागमती प्रदेशमा भोलि वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिइने भएको छ। २४ वैशाख ०८१ देखि तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा लागू गरिएको दिनको अवसरमा बिदा दिइएको हो।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव हितेन्द्र सुवेदीले भोलि प्रदेशका सबै सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा रहेको बताए। उनका अनुसार बिदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ।