इरानले संयुक्त राज्य अमेरिकामाथि स्ट्रेट अफ हर्मुज क्षेत्रमा आफ्ना पाँच नागरिकको हत्या गरेको आरोप लगाएको छ । अमेरिकी सेनाले ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)का डुंगामाथि आक्रमण गरेभन्दा नागरिक डुंगालाई निसाना बनाएको तेहरानको आरोप छ ।
मंगलबारको दाबी अमेरिकी एडमिरल ब्राड कुपरले यसअघि अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले हर्मुज क्षेत्रमा आइआरजिसीका ६ डुंगालाई निसाना बनाएर डुबाएको दाबी गरेका थिए ।
ती वाहनले हर्मुज क्षेत्रमा फसेका जहाजलाई बाहिर निकाल्ने अमेरिकी मिसनमा हस्तक्षेप गर्ने प्रयास गर्दा आक्रमणमा परेको कुपरले बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि डुबाइएका डुंगाको संख्या सात भएको बताएका थिए ।
‘प्रोजेक्ट फ्रिडम’मा अमेरिकाले अप्रिल ८ हर्मुजबाट जहाज निकाल्ने प्रयास गर्दा इरान र अमेरिकाबिच अप्रिल ८ देखि लागू युद्धविराम भंग हुने डर बढाएको छ । ट्रम्पले युद्धविरामपछि पनि नखुलेको हर्मुजलाई पुनः खोल्ने कुरालाई जोड दिएका छन् ।
इरानले भने स्ट्रेट अफ हर्मुजमा आफूहरूको नियन्त्रण हुनुपर्ने र त्यस समुद्री मार्ग भएर चल्ने जहाजबाट शुल्क उठाउन पाउनुपर्नेमा जोड दिइरहेको छ ।