इतिहासमा आज

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९४९ : काउन्सिल अफ युरोप स्थापना । यो युरोपेली एकीकरणका लागि काम गर्ने पहिलो संगठन थियो । यसमा ४७ सदस्य देश छन् र युरोपेली संघ (इयू)बाट पूर्ण रूपमा अलग संस्था हो ।

सन् १८१४ : दुई निर्वासनमध्ये पहिलो निर्वासन बिताउन फ्रान्सका शासक नेपोलियन बोनापार्टले इल्बा टापुमा अवतरण गरे ।

सन् १९४५ : हल्यान्ड र डेनमार्क नाजी नियन्त्रणबाट मुक्त ।

सन् १९५५ : पश्चिम जर्मनीले दोस्रो विश्वयुद्धपछि पूर्ण सार्वभौमसत्ता प्राप्त गर्यो । संघीय गणतन्त्र जर्मनीको स्थापना सन् १९४९ मा भएको थियो । यसको अस्थायी राजधानी बोन थियो । सन् १९९० मा पूर्वी र पश्चिम जर्मनीको पुनर्मिलनपछि बर्लिनलाई देशको राजधानी घोषणा गरियो ।

सुझावित समाचार