कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ अमेरिकी डलर पुगेको छ, जुन सन् २०२२ को जुनयताकै उच्चस्तर हो।

यसअघि रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ को फेब्रुअरी–मार्चतिर तेलको मूल्य करिब १३० डलर प्रतिब्यारेलसम्म उकालो लागेको थियो।

द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरूमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।

सुझावित समाचार