सन् २००१ : डेनिस टिटो इतिहासमा पहिलो अन्तरिक्ष पर्यटक बनेको दिन । एउटा रुसी रकेटले क्यालिफोर्नियाका अर्बपतिलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा लगेको थियो ।
सन् १९३७ : इराकका तत्कालीन तानासाह सद्दाम हुसेनको जन्मदिन ।
सन् १९९४ ः अमेरिकी गुप्तचर निकाय सिआइएका पूर्वअधिकारी एल्ड्रिक एम्सद्वारा अमेरिकी गोप्य कागजात सोभियत युनियनलाई पठाएको स्वीकारोक्ति । सो बदनियतपूर्ण कार्यका लागि एम्सलाई आजीवन कारावासको सजाय सुनायो । उक्त घटना अमेरिकी गुप्तचर निकायलाई बदनाम गराउने इतिहासकै एक कुख्यात कार्य थियो ।
सन् २००४ : इराक युद्धको प्रारम्भिक चरणमा अमेरिकी सेनाका सदस्य र केन्द्रीय गुप्तचर निकायले इराकको अबु घरएब कारागारमा शृंखलाबद्ध ढंगले मानवअधिकार उल्लंघन र युद्ध अपराधका घटना गरेको थियो । बन्दीमाथि यातना दिएका दृश्यलाई सन् २००४ मा अमेरिकी टेलिभिजन कार्यक्रम ६० मिनेटले सार्वजनिक गरेको थियो ।