अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चल्याे

गोली चलाउने सन्दिग्ध व्यक्ति प्रहरीको नियन्त्रणमा

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको रात्रिभोजमा गोली चलेको छ । राष्ट्रपति ट्रम्प ह्वाइटहाउसमा संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भएका थिए । उक्त कार्यक्रम भइरहेको समयमा गोली चलेको हो ।

प्रहरीले गोली चलाउने सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रात्रिभोज चलिरहेको समयमा गोली चलेको आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई घेरा हालेर सुरक्षित रूपमा हलबाहिर निकालेका छन् । 

उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थानबाहिर गोली चलेको थियो । त्यसलगत्तै उनीहरूलाई तुरुन्तै त्यहाँबाट बाहिर निकालिएको थियो।

सुझावित समाचार