सन् २०१३ : बंगलादेशमा आठ तल्लाको राना प्लाजा भवन भत्किँदा दुर्घटनाको समय भवनमा काम गरिरहेका एक हजार १३४ गार्मेन्ट श्रमिक मारिए भने दुई हजार ५०० घाइते भए ।
सन् १८०० : अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले ‘लाइब्रेरी अफ कंग्रेस’को स्थापनाका लागि पाँच हजार डलर विनियोजन गरे । हाल लाइब्रेरी अफ कंग्रेस विश्वको सबैभन्दा ठुलो पुस्तकालय हो ।
सन् १८७७ : रुसले अटोमन साम्राज्यविरुद्ध युद्ध घोषणा गर्यो । रुसले बाल्कन क्षेत्रमा बढेको अटोमन साम्राज्यबाट पृथक् हुने गतिविधिप्रति खुला समर्थन जनाएपछि दुई साम्राज्यबिच तनाव बढिरहेको थियो । अटोमन साम्राज्यको हारसँगै युद्ध अन्त्य भयो र बाल्कन क्षेत्रमा रोमानिया, सर्बिया र मोन्टेनेग्रो स्वतन्त्र बने ।
सन् १९१५ : अटोमन साम्राज्यका अल्पसंख्यक आर्मेनियाली जातिमाथि बहुसंख्यक टर्कको नरसंहार सुरु भयो ।
सन् १९५० : दुई वर्षअघि इजरायल–अरब मुलुकबिच भएको युद्धका क्रममा जोर्डनले कब्जामा लिएको ‘पश्चिम किनारा’लाई जोर्डनले औपचारिक रूपमा आफूमा गाभ्यो ।
सन् १९६८ : भियतनाम युद्धको अन्त्यको माग गर्दै विरोध गरिरहेका विद्यार्थीले न्युयोर्क सहरको कोलम्बिया विश्वविद्यालयलाई कब्जामा लिए ।
सन् १९६९ : चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्षका रूपमा माओत्सेतुङले मार्सल लिन बियायोलाई एकल उपाध्यक्षका रूपमा चुन्दै आफ्नो उत्तराधिकारी घोषित गरे ।
सन् १९७० : चीनले आफ्नो पहिलो भूउपग्रह ‘दोङफाङहोङ प्रथम’ प्रक्षेपण गर्यो ।
सन् २००४ : अमेरिकाले लिबियामाथि १८ वर्षदेखि लगाएको आर्थिक प्रतिबन्ध हटायो । लिबियाले आमनरसंहारकारी हतियार नष्ट गरेबापत उक्त राहत
दिइएको थियो ।
सन् २०२१ : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो विश्वयुद्धको समयमा अटोमन साम्राज्यले आर्मेनियाली जातिमाथि गरेको ‘नरसंहार’लाई स्वीकृति दिए ।
सन् २०२३ : संयुक्त राष्ट्र संघको प्रक्षेपणअनुसार यसै दिन भारतको जनसंख्याले चीनको जनसंख्यालाई उछिन्यो ।