स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलेसँगै कच्चा तेलको मूल्यमा गिरावट

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

एसियामा इन्धन ढुवानी हुने मुख्य समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा आएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको छ। प्रतिब्यारेल (१५९ लिटर) ९८ डलर रहेकोमा सो समुद्री मार्ग खुलेसँगै कच्चा तेलको मूल्य ८८ डलरमा झरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। 

इजरायल र लेबनानबिच शुक्रबारदेखि युद्धविराम भएसँगै इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाउने घोषणा गरेको हो। डेढ महिनाअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरानले सो समुद्री मार्गमा जहाजलाई आक्रमण गर्दै आएको छ । ढुवानी प्रभावित भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलरभन्दा माथि पुगेको थियो। जसकारण विश्वभरि इन्धनको मूल्य अकासिएको छ। सो समुद्री मार्ग खुलेसँगै इन्धनको मूल्य घट्ने आकलन गरिएको छ। इरानले युद्धविरामको अवधिमा स्ट्रेट अफ हर्मुज खोल्ने निर्णय गरेको हो। 

अमेरिका र इरानले पनि दुई साताका लागि युद्धविराम गरेका छन्। 

सुझावित समाचार