सानिमा बैंकको ‘बससेवा क्यासब्याक’ अभियान

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

सानिमा बैंकले बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियास्वरूप यो अभियान सञ्चालनमा ल्याएको हो । अभियानअन्तर्गत बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बस टिकट खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम दुई सयसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम चार सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ ।

यो योजना ०८३ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस पहलमार्फत बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकलाई सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छुट उपलब्ध गराउँदै आएको छ ।

सुझावित समाचार