बस तथा हवाई उडान सेवाको अनलाइन टिकट बुकिङ प्लेटफर्म बस सेवाले नयाँ वर्षलाई लक्षित गर्दै धमाकेदार क्याम्पेन सार्वजनिक गरेको छ। जसअन्तर्गत बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फ्लाइट, बन्जी जम्प, फ्री बस टिकटसहित सयौंजनाले क्यास ब्याकको सुविधा पाउने छन्।
बस सेवाले सार्वजनिक गरेको ‘न्यू एअर, न्यू एड्भेन्चर’ क्याम्पेन २९ चैतदेखि १५ बैशाखसम्म जारी रहनेछ। यस अवधिमा बस सेवा अनलाइन प्लेटफर्ममार्फत बस तथा हवाई उडानको टिकट काट्नेमध्ये एकजनाले ‘माउन्टेन फ्लाइट’को अवसर पाउने छन्। बस सेवाले यति एयरलाइन्ससँगको सहकार्यमा आफ्ना ग्राहकलाई यो अवसर उपलब्ध गराएको हो।
यस्तै, क्याम्पेनअन्तर्गत नै दुईजनाले पोखरामा बन्जीजम्प र दुईजनाले प्याराग्लाइडिङको अवसर पाउने छन्। यसअन्तर्गत पोखरा जाने आउने बस टिकटसमेत निःशुल्क उपलब्ध हुनेछ। यसमा ट्रिप टर्बोले बससेवासँग सहकार्य गरेको बससेवाका व्यापार प्रमुख डेनिसजंग थापाले बताए।
थापाका अनुसार बससेवामार्फट अनलाइन टिकट बुकिङ गर्ने यात्रु तथा उपभोक्तालाई वर्षैभरि फ्री टिकट, क्यासव्याकलगायत विभिन्न छुट दिँदै आएको छ।