कंगोमा हरेक आधा घण्टामा एक बालबालिकामाथि यौनहिंसा

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौनहिंसाका घटना डरलाग्दो रूपमा बढिरहेको जनाएको छ । सन् २०२५ मा भएका तीव्र द्वन्द्वको समयमा औसतमा हरेक आधा घन्टामा  एक बालबालिका यौनहिंसाको सिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ । 

गत वर्ष हजारौँ यौनहिंसासम्बन्धी घटना संकलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडित बालबालिका रहेको युनिसेफले भनेको छ । ‘हामी छुट्टाछुट्टै घटनाको अनुसन्धान गरिरहेका छैनौँ । अहिले त्यहाँ भइरहेका घटना गम्भीर मानव अधिकार संकट हो । कतिपय पीडित निकै साना बालबालिका हुन्,’ युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, ‘यौनहिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ ।

यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।’उनले अझै धेरै घटना डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुन सक्ने भन्दै अवस्था भयावह हुन सक्ने चेतावनीसमेत दिए । 

See More On

सुझावित समाचार