सन् १९२९ : भारतीय स्वतन्त्रता सेनानी भगत सिंह र बटुकेश्वर दत्तले दिल्लीस्थित केन्द्रीय विधायिकी सभाअघिको खाली ठाउँमा बम फालेर नारा लगाए ।
सन् १२३२ : जनरल सुवेदेईको नेतृत्वमा रहेको मंगोल सेनाले चीनको जिन वंशको राजधानी केइफेङको एक वर्ष लामो घेराबन्दी सुरु गर्यो । यही क्रममा विश्वमा पहिलोपटक युद्धमा बारुदको प्रयोग भएको विश्वास गरिन्छ ।
सन् १८७९ : न्युयोर्क सहरको ‘इको फार्म्स डेयरी’ले विश्वमा पहिलोपटक दुधलाई सिसाको बोतलमा राखेर बेच्यो ।
सन् १८८६ : ब्रिटिस प्रधानमन्त्री विलियम ग्ल्याडस्टोनले आयरल्यान्डमा बढ्दो स्वतन्त्रताको मागलाई साम्य पार्न संसद्मा पहिलो आरिस ‘होम रुल बिल’ ल्याए ।
सन् १९०२ : ‘बक्सर विद्रोह’का क्रममा दुई वर्षअघि रुसले कब्जामा लिएको मन्चुरिया क्षेत्रबाट रुसी फौज अठार महिनाभित्र चरणबद्ध रूपमा फर्किने सम्झौतामा चीन र रुसले सहमति जनाए ।
सन् १९०४ : न्युयोर्क सहरका मेर जर्ज म्याक्केलनले लङ्–एकर स्क्वार(चोक)को नाम बदलेर टाइम्स स्क्वायर राख्यो । सो नाम ‘द न्युयोर्क टाइम्स’ले आफ्नो मुख्यालय त्यस चोकमा बनेको भवनमा सरेको सम्मानमा राखिएको थियो ।
सन् १९१३ : अमेरिकाको संविधानको १७औँ संशोधनले प्रत्येक राज्यबाट दुई सिनेटर प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्यो । संशोधनअघि प्रत्येक राज्यका विधायकले सिनेटर चुनेर पठाउँथे ।
सन् १९४३ : अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले विश्वयुद्धका क्रममा बढ्दो मुद्रास्फीति नियन्त्रणमा लिन ज्याला तथा मूल्य स्थिर गरे ।
सन् १९५२ : अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले कोरियाली युद्धका क्रममा स्टिल मिल्समा हडताल हुन नदिने आफ्ना वित्तमन्त्री चार्ल्स स्वयरलाई देशका सबै स्टिल मिल नियन्त्रणमा लिएर सञ्चालन गर्न निर्देशन दिए ।
सन् २०२० : यमनमा साउदी अरब नेतृत्वमा हुथी विद्रोहीमाथि भइरहेको बमबारी पाँच वर्षपछि पहिलोपटक रोकियो । कोरोना विस्तार रोक्ने बहानामा कारबाही रोकिएको थियो ।