सत्तापक्षको संख्या जति नै धेरै भए पनि सदन विपक्षको हुनुपर्छ : अर्जुननरसिंह केसी

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभामा सत्तापक्षको बहुमत जतिसुकै ठुलो भए पनि सदनको प्रभाव र भूमिका विपक्षीको हुनुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले विगतका उदाहरण प्रस्तुत गर्दै संसद्लाई सन्तुलित बनाउन सभामुखको ध्यानाकर्षण गराए।

उनले विपक्षलाई ‘आगोको झिल्को’ सँग तुलना गर्दै, सानो भए पनि त्यसको महत्त्व उत्तिकै रहने बताए। केसीले भने, 'आगोको झिल्को जतिसुकै सानो किन नहोस्, त्यो आगाकै झिल्को हो। त्यसैगरी, सदनमा सत्तापक्ष ठुलो भए पनि सदनको आत्मा विपक्षमै निहित हुन्छ।

उनले संसद् कुनै पक्षको नियन्त्रणमा रहन नहुने उल्लेख गर्दै, स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन हुने वातावरण निर्माण गर्न सभामुखसँग आग्रह गरे।

सुझावित समाचार