जब साउदी अरबले पाकिस्तानसँग रणनीतिक पारस्परिक रक्षा सम्झौता (एसएमडिए) मा हस्ताक्षर गर्यो, इरानको रणनीतिक समुदायका धेरै सदस्यले केही हदसम्म आशा व्यक्त गरेका थिए । यो सम्झौता इजरायलले कतारमा गरेको पहिलो र अभूतपूर्व आक्रमणपछि भएको हुनाले (हमासका सदस्यलाई त्यहाँ आश्रय दिइएको आरोप लगाएर) यी रणनीतिक विचारकले महसुस गरे कि यसले उक्त क्षेत्रमा इजरायलविरोधी सहयोग र गठबन्धनलाई बलियो बनाउनेछ ।
इरानभित्रै केही अधिकारीले त्यस्तै रक्षा सम्झौतमा सामेल हुन इच्छासमेत व्यक्त गरे । किनकि सम्झौता हुनुभन्दा केही महिनाअघि मात्र इरानले इजरायलविरुद्ध आफ्नो पहिलो प्रत्यक्ष युद्ध लडेको थियो, जुन गतिरोधमा अन्त्य भएको थियो । दुई विरोधीबिचको द्वन्द्व छायामा थिएन, उनीहरूका छद्म प्रतिनिधिमार्फत लडिएको थियो । तर अब यो प्रत्यक्ष हुन थालेको थियो ।
अमेरिका र इजरायलले क्रमशः अप्रेसन एपिक फ्युरी र रोयरिङ लायन नाम दिएको हालको युद्धले त्यो आशावादलाई पूर्णविराम लगाइदिएको छ । युद्धको सुरुवाती दिनदेखि नै अमेरिकी सञ्चार माध्यमले रिपोर्ट गरेको छ कि साउदी सिंहासनपछाडिका वास्तविक शक्ति युवराज मोहम्मद बिन सलमान (एमबिएस) ले अमेरिकालाई इरानसँग युद्ध गर्न आग्रह गरिरहेका थिए । यद्यपि, सार्वजनिक रूपमा साउदीले फरक टिप्पणी गरेको छ । यसले साउदी र इरानबिचको तनाव कम गर्न कूटनीतिको लागि आह्वानसमेत गरेको छ । तर, यो आह्वान देखावटी हुन सक्छ ।
युद्धको सुरुवाती दिनदेखि नै अमेरिकी सञ्चार माध्यमले रिपोर्ट गरेको छ कि साउदी सिंहासनपछाडिका वास्तविक शक्ति युवराज मोहम्मद बिन सलमान (एमबिएस) ले अमेरिकालाई इरानसँग युद्ध गर्न आग्रह गरिरहेका थिए । यद्यपि, सार्वजनिक रूपमा साउदीले फरक टिप्पणी गरेको छ ।
दशक लामो समस्या
खाडी सहयोग परिषद्का अन्य राष्ट्र (युएई, बहराइन, कुवेत, ओमान र कतार) लाई झैँ साउदी अरेबियाका लागि पनि सन् १९७९ मा इस्लामिक गणतन्त्रको जन्म भएदेखि नै इरान खतराको रूपमा रहेको छ, उसको विचारधारा र आदर्श आयात हुने डरले । खाडी राजतन्त्र संसारका अन्तिम निरपेक्ष राजतन्त्रमध्ये एक हो । शासनको अस्तित्वलाई अरू सबै कुराभन्दा प्राथमिकता दिइन्छ ।
प्यालेस्टिनीलाई समर्थन गरेर, यसको विचारधारा आयात गर्दै र छिमेकी अरब देशमा प्रतिनिधि राखेर दशकौँदेखि इरान साउदी नेतृत्वका लागि चुनौती बनेको छ । आज, सिरिया फेरि सुन्नी पंक्तिमा फर्किएको छ । साउदीको सिमानामा एकातिर हुथी र अर्कोतिर इराकको लोकप्रिय फौज छन्, जुन दुवै इरानका प्रतिनिधि हुन् । यी दुवै साउदीका लागि चुनौती बनेका छन् । यसबाहेक, साउदी अरेबियामा अत्यधिक सुन्नी बहुलता भए पनि सिया जनसंख्या धेरै छ ।
इरानलाई कम आकलन गर्न सकिँदैन
यसैबिच, दशकौँदेखि ठुला प्रतिबन्धमा परेको इरान आफ्नो बल कति छ भनेर उसले प्रमाणित गरिसकेको छ । पहिले इराकसँगको आठ वर्षको युद्ध, त्यसपछि अमेरिका र इजरायलसँग लडेको छद्म युद्ध र अहिले दुवैसँगको प्रत्यक्ष टकरावमा छ, तेहरान । यद्यपि, महँगो र आधुनिक हतियार प्रणाली खरिद गर्न अर्बौं डलर लगानी गरेका साउदी र दुबईले गरिब यमनका हुथीविरुद्धको आफ्नो सैन्य अभियान व्यावहारिक रूपमा गुमाइसकेका छन्, जो साउदीलाई लक्षित गर्न पनि सफल भएका छन् । चीनको मध्यस्थतामा इरान र साउदी अरेबियाबिचको २०२३ को ‘युद्धविराम’ ठुलो आशाको क्षण थियो । यद्यपि, पछि हेर्दा यो दुईबिच गहिरो शंका र ठुलो विश्वासकोकमी देखिन्छ ।
पोस्ट आयल वल्र्ड
साउदी र दुबईका लागि अहिलेको प्रमुख चिन्ता भनेको पोस्ट आयल वल्र्ड ( भविष्यको युग, जहाँ समाजहरू अब पेट्रोलियममा भर पर्दैनन्) तेल–पश्चिमको संसारको विकासको खोजी हो ।युएईले पहिले नै दुबई र अबुधाबीलाई भविष्यका सहरको रूपमा महत्वपूर्ण व्यापार, रसद केन्द्र, वित्त र कर आश्रयस्थलको रूपमा राखेर सुरुवात गरेको थियो । साउदीहरूका लागि यो भिजन २०३० हो, ठुलो युवा जनसंख्यालाई समायोजन गर्न गैरतेल अर्थतन्त्रमा सर्ने र एनइओएम सहर, आइएमइसी कनेक्टिभिटी, रसद केन्द्र, एआईजस्ता परियोजनाद्वारा सञ्चालित अर्थतन्त्र सिर्जना गर्ने कुरामा ध्यान केन्द्रित गर्ने कार्य ।
निरन्तर द्वन्द्व र युद्धको खतरा यी योजनाका लागि प्रमुख बाधा हो । अक्टोबर २०२३ देखि सुरु भएको हमास–इजरायल युद्ध थप उत्तेजक भएको छ र प्यालेस्टिनी मुद्दाको समाधान नभएकाले यस क्षेत्रमा निष्प्रभावी अरब भूमिका मात्र खेलेको छ । बरु, इरानका प्रतिनिधिहरू– हुथी र हिजबुल्लाहले प्यालेस्टिनीको तर्फबाट हस्तक्षेप गरे र साउदी र युएई ढुवानीका लागि लालसागरमा पर्ने महत्वपूर्ण जलमार्ग बाब–एल–मन्डेब बन्द गरेर विश्वव्यापी व्यापारमा बाधा पु¥याउने आफ्नो क्षमता प्रदर्शन गरे । न्युयोर्क टाइम्सको पहिलो रिपोर्टअनुसार साउदीले कथित रूपमा अमेरिकालाई इरानमा आक्रमण गर्न आग्रह गर्दा यसबारे पनि विचार गरिएको थियो ।
अब युद्ध सुरु भएपछि साउदी र संयुक्त अरब इमिरेट्सले महसुस गरेका छन् कि अमेरिकासँगको उनीहरूको रक्षा निकटताले उनीहरूलाई कति असुरक्षित बनाएको छ । दशकौँदेखि उनीहरूको सुरक्षा अमेरिकासँग जोडिएको छ, तर अरब राष्ट्रहरू युद्धमा गएमा अमेरिकी संलग्नतालाई सक्रिय पार्ने कुनै रक्षा सम्झौता छैन । इरानसँग युद्ध हुँदा अमेरिकाले उनीहरूलाई जानकारी गराउने वास्तासमेत गरेन ।
खाडी सबैभन्दा धेरै पीडित
संयुक्त अरब इमिरेट्स र साउदीसहित अन्य खाडी देश चाँडै नै इरानी प्रतिशोधको निसानामा परे । वास्तवमा, युद्ध सुरु भएको पहिलो दिनमै दुबई विमानस्थल, यसको प्रतिष्ठित बुर्ज अल–अरब होटल, ऐतिहासिक पाम जुमेराह र जेबेल अली बन्दरगाह इरानबाट आएका क्षेप्यास्त्रद्वारा प्रहार गरिएको थियो । इरानीहरूले अमेरिकालाई लक्षित गर्न नसक्ने बताएका छन्, त्यसैले उनीहरूले यस क्षेत्रमा रहेका अमेरिकी अड्डालाई लक्षित गरिरहेका छन् । ती अड्डा साउदी अरेबिया र युएईसहित ६ खाडी राज्यमा फैलिएका छन् ।
पछिल्लो तथ्यांकले देखाउँछ कि जिसिसी (गल्फ को–अपरेसन काउन्सिल) अन्तर्गतका राज्यले चार हजार ३९१ इरानी ड्रोन र मिसाइल आक्रमणको सामना गरे, जुन इरानले गरेको कुल प्रहारको आश्चर्यजनक ८३ प्रतिशत हो । अर्कोतर्फ, इजरायल कुल प्रहारको केबल १७ प्रतिशत प्राप्तकर्ता भएको छ । तीमध्ये, युएईले सबैभन्दा धेरै आक्रमण भोगेको छ (२१५६ पटक), सायद इजरायलसँगको घनिष्ठ सम्बन्धको कारणले पनि । साउदी अरेबियाले ७२३ ड्रोन र मिसाइल सामना गरेको छ । आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । यसका साथै इरानका समर्थकले केही खाडी देश र जोर्डनलाई पनि लक्षित गरिरहेका छन् ।
हालै, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डनले संयुक्त विज्ञप्ति जारी गर्दै इराकलाई आफ्नो क्षेत्रबाट इरान समर्थक सशस्त्र समूहद्वारा गरिएको आक्रमण रोक्न तुरुन्तै कदम चाल्न माग गरेका छन् । यसअघि, उनीहरूले संयुक्त राष्ट्र संघलाई महत्वपूर्ण पूर्वाधारमा इरानको ‘घृणित’ आक्रमणको निन्दा गर्ने प्रस्ताव पारित गर्न पनि लगाएका थिए ।
एनडिटिभीबाट