अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पछिल्लो दुई दिनमा भइरहेको संवाद उपलब्धिउन्मुख भएको बताएका छन्। सामाजिक सञ्जाल ट्रुथमार्फत उनले संवाद अघि बढेकाले युद्ध छिट्टै रोकिने संकेत दिएका छन्।
आगामी पाँच दिन इरानको न्युक्लियर प्लान्ट तथा सौयै पूर्वाधारमा आक्रमण नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको पनि उनले जानकारी दिएका छन्।
ट्रम्पले यसअघि स्ट्रेट अफ हर्मुजमा अवरोध जारी राखे इरानको न्युक्लियर प्लान्टमा आक्रमण गर्ने धम्की दिएका थिए। त्यसपछि इरानले अमेरिकाले न्युक्लियर प्लान्टमा आक्रमण गरे स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको थियो।
२५ दिनदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेका छन्। त्यसको बदलामा इरानले इजरायल तथा अमेरिकी सैन्य बेस रहेका देशहरूमा हवाई हमला गर्दे आएको छ । जसले सिंगो विश्वलाई प्रभावित बनाइरहेको छ।