इतिहासमा आज

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

सन् १९३० : महात्मा गान्धीले ब्रिटिसले नुनमा कर लगाएको विरोधमा  चर्चित ‘दान्डी मार्च’ सुरु गरे । २४ दिनमा गान्धीले उनको आश्रमबाट ३०० किमि दूरी पार गरेर दान्डी क्षेत्रको समुद्र तटमा आफैँले नुन बनाएर नुनमाथिको करको विरोध जनाएका थिए । 

सन् १७९० : फ्रान्सेली क्रान्तिका क्रममा ‘नेसनल एसेम्बली’ले चर्चको जमिनलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्दै नगरपालिकाले तिनलाई बेच्न पाउने अधिकार दियो । 

सन् १९१८ : बाह्य हस्तक्षेपको चिन्ताले रुसको राजधानी सेन्ट पिटर्सबर्गबाट मस्को सारियो । 

सन् १९४७ : अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले कम्युनिस्टहरूको विस्तार रोक्नेसम्बन्धी ‘ट्रुम्यान डक्ट्रिन’को भाषण गरे ।  

सन् १९७१ : जनमत संग्रहमार्फत हाफिज अल–असदले सिरियाको शासनमा पकड बढाए । 

सुझावित समाचार