आफ्ना नागरिकलाई मध्यपूर्व तुरुन्तै छोड्न अमेरिकाको आग्रह

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

इरानविरुद्ध अमेरिका–इजरायली आक्रमण बढ्दै जाँदा अमेरिकी विदेश मन्त्रालयले सबै अमेरिकी नागरिकहरूलाई मध्यपूर्वका एक दर्जनभन्दा बढी देश तुरुन्तै छोड्न आग्रह गरेको छ । पछिल्लो चेतावनी सोमबार जारी गरिएको हो, जसमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, नियन्त्रित पश्चिम किनार र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनमा लागू हुन्छ । 

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा, विदेश मन्त्रालयका कन्सुलर मामिलाका सहायक सचिव मोरा नामदारले ‘अमेरिकी नागरिकहरूले “गम्भीर सुरक्षा जोखिमका कारण’ सूचीबद्ध देशहरूबाट ‘टाढा’ रहन आग्रह गरेका छन् । जोर्डनको अम्मानस्थित अमेरिकी दूतावासले सोमबार नै कर्मचारीहरूले ‘धम्कीका कारण’ कूटनीतिकस्थल छाडेको जानकारी गराएको छ । 

शनिबार, अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेर देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीसहित धेरै शीर्ष अधिकारीहरू मारिएपछि अहिले मध्यपूर्व तनावमा छ । बदलामा तेहरानले यस क्षेत्रभर रहेका अमेरिकी सम्पत्तिलाई निसाना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नै द्वन्द्व चारदेखि पाँच हप्ता लम्बिन सक्ने अनुमान गरेका छन् । तथापि, यो युद्ध लामो समय लम्बिने विश्लेषकहरूले चिन्ता गरेका छन् । 
 

See More On

सुझावित समाचार