इतिहासमा आज

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

सन् १९८५ : बेलायतमा खानी सञ्चालकको हडताल अन्त्य । एक वर्ष लामो यो हडताल बेलायतको इतिहासमा सबैभन्दा लामो समय चलेको औद्योगिक विवादका रूपमा दर्ज छ । यो तत्कालीन प्रधामन्त्री मार्गरेट थ्याचरको अनुदारवादी सरकारको सबैभन्दा टाउको दुखाइको समस्या बनेको थियो ।

सन् १५७५ : भारतीय मुगल सम्राट् अकबरले तुकारोईको युद्धमा बंगाली सेनालाई पराजित गरे ।

सन् १८५७ : फ्रान्स र बेलायतले चीनमाथि युद्धको घोषणा गरे । चीनविरुद्धको यो युद्ध दोस्रो अफिम वार भनेर चिनिन्छ ।

सन् १८८७ : एनी सुलिभानले ६ वर्षकी हेलेन केलर (दृष्टि एवं श्रवणशक्तिविहीन सुप्रसिद्ध अमेरिकी साहित्यकार)लाई पढाउन सुरु गरिन् ।

सन् १९२४ : टर्कीमा ओटोमन साम्राज्यको अन्तिम अवशेषका रूपमा रहेको ६ सय वर्ष पुरानो इस्लामिक खलिफाको अन्त्य । यसले केमाल अतातुर्कको नेतृत्वमा सुधारिएको टर्कीका लागि मार्गप्रशस्त गरेको थियो ।

सन् १९३९ : भारतका निरंकुश शासनविरुद्ध महात्मा गान्धीले मुम्बईमा सत्याग्रह सुरु गरे ।

सन् १९७४ : टर्किस एयरलायन्स फ्रान्सको पेरिसनजिकै खस्दा विमानमा सवार सबै ३४५ यात्रुको मृत्यु । उड्डयन इतिहासमा यो अहिलेसम्म चौथो धेरै हताहती भएको दुर्घटना मानिन्छ ।

सुझावित समाचार