नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा पहिलो दिनदेखि नै आफ्नै एजेन्डाको बलमा चुनावमा जानेमा दृढ रहेको बताए।
‘हामी यसपटक न २३ गतेको निम्ति जिम्मेवार दलहरूसँग समीकरण गर्ने पक्षमा छौँ, न २४ को विध्वंस गर्नेहरूसँग नै समीकरण गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने।
वेलावेलामा मिडियामा तालमेलका खबर आएकोमा आपत्ति जनाउँदै प्रचण्डले भने, ‘तर, वेलावेलामा मिडियामा समीकरण बन्ने भयो रे भन्ने खालका चर्चाहरू आउने गरेका छन्, र हामीले लगातार नै त्यसको खण्डन गरेका छौँ।’
बागलुङको एक निर्वाचन क्षेत्रमा जनमोर्चासँग तालमेल गरे पनि अन्यत्र तालमेलको सम्भावना नरहेको प्रचण्डले दोहोर्याए।