सन् १९७९ : चीनद्वारा भियतनाममाथि हमला । युद्धपछि भियतनामले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो । भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो ।
सन् १९५९ : संयुक्त राज्य अमेरिकाले अन्तरिक्षमा आफ्नो पहिलो मौसम स्टेसन, भ्यानगार्ड दोस्रो सुरु गर्यो ।
सन् १९६३ : अमेरिकाका प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनको जन्म । जोर्डनको जन्म न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो ।
१९६९ : रुस र पेरुबिच पहिलो व्यापार सम्झौतामा हस्ताक्षर ।
सन् १९९२ : अमेरिकाका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमर जेल चलान । उनीमाथि सन् १९७८ देखि १९९१ को अवधिमा कम्तीमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो ।
सन् २००८ : कोसोभोद्वारा स्वतन्त्र भएको घोषणा । कोसोभोको युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो । विभिन्न देशले कोसोभोलाई नयाँ गणतन्त्र देशको रूपमा मान्यता दिन अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय न्यायालयले कोसोभोले अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरेको फैसला गरेको थियो ।