मौलिक दालभातले नियन्त्रण गर्न सक्छ नेपालको ‘मधुमेह महामारी’

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • नेपालमा टाइप दुई मधुमेहको दर बढ्नुको मुख्य कारण पश्चिमी जंकफुडको आयात भएको अध्ययनको ठहर छ 

नेपाली पुस्तालाई वर्षौंँदेखि पर्याप्त पोषण दिँदै आएको परम्परागत दाल र भातको परिकारमा फर्किएमा पश्चिमा जंकफुडको आगमनले निम्त्याएको मधुमेहको महामारीबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् । ४० वर्षभन्दा माथिका पाँचमध्ये एकजनालाई टाइप दुई डायबिटिज भएको देशमा, उनीहरूका हजुरबा हजुरआमाले उपभोग गरेका खानाले यो अवस्थालाई उल्ट्याउने र उल्लेखनीय परिणाम ल्याउने चिकित्सकहरूको विश्वास छ ।

नेपालमा मधुमेहको औषधि धेरै हदसम्म किन्न नसकिने अवस्थामा छ र टाइप दुई डायबिटिजले प्राय: थप जटिलताको प्रवाह निम्त्याउँछ । जटिलतासँगै मिर्गौला रोग, हातखुट्टा गुम्ने र दृष्टि गुम्नेजस्ता समस्यासमेत देखिएका छन् । मधुमेह अनियन्त्रित भएमा यसले अन्तत: अकाल मृत्यु निम्त्याउँछ । ‘धेरै परिवारका लागि मधुमेह केवल एक चिकित्सा अवस्था मात्र होइन, बरु दीर्घकालीन सामाजिक र आर्थिक बोझ हो,’ काठमाडौंस्थित आवासीय चिकित्सक डा. आशिष तामाङ भन्छन् ।

राजधानी कामाडौंमा लामो समयदेखि मधुमेह भएका ७० वटा अस्पतालका बिरामीहरूलाई समावेश गरिएको एक पाइलट अध्ययनले क्यालोरी–नियन्त्रित परम्परागत आहारमा मधुमेहबाट छुटकारा पाउन ४३ प्रतिशतले सहयोग गर्‍यो ।

अनुसन्धाता माइक लिन भन्छन्–

त्यो साइकलले मिठाई र सफ्ट ड्रिंक्स बोकेको थियो । र, यातायात सञ्जालमा सुधार हुँदै जाँदा जंकफुड मोटरसाइकल र त्यसपछि कार र भ्यानबाट आउन थाल्यो र अब यो सबै ठाउँमा छ । प्रविधिको प्रगतिले शारीरिक काम कम भयो । डायबिटिज बढ्दो दरको कारक यो पनि हो।

सहरहरूका बाहिरी इलाकामा रहेका गाउँ र समुदायका १२० जना मानिसलाई समावेश गरी गरिएको एक जारी परीक्षणले पनि यस्तै आशा देखाएको छ । ‘यो धेरै प्रारम्भिक हो, तर करिब आधा बिरामी चार महिनामा मधुमेहबाट मुक्त भएका छन् र औसत तौल केवल चार–पाँच किलोग्राम घटेको छ,’ ग्लासगो विश्वविद्यालयका मधुमेह र मानव पोषण विशेषज्ञ प्रोफेसर माइक लिन भन्छन् । 

ग्लासगो विश्वविद्यालयको नेतृत्वमा धुलिखेल अस्पतालसँगको सहकार्यमा जारी चारवर्षे अध्ययनको एक अंशको रूपमा यो दृष्टिकोणलाई अझ व्यापक रूपमा प्रयोगमा ल्याइएको छ । उनीहरूले यो परम्परागत आहारले टाइप दुई डायबिटिजको उच्च जोखिममा रहेका मानिसलाई यो अवस्था हुनबाट पनि रोक्न सक्छ भन्ने अपेक्षा गरेका छन् । टाइप दुई डायबिटिज भनेको हाई ब्लडसुगरको उच्चस्तर हो, जुन शरीरले पर्याप्त मात्रामा इन्सुलिन हर्मोन नबनाउँदा वा यसले बनाउने इन्सुलिनले राम्ररी काम नगर्दा उत्पन्न हुन्छ । यो प्राय: शरीरको आवश्यकभन्दा अधिक तौलको कारणले हुन्छ ।

लिन बेलायतको अनुसन्धान टोलीको सदस्य थिए । टोलीले २०१७ मा देखाएको थियो कि बिरामीहरूलाई सुप र दुधले बनेका परिकार तौल घटाउने आहारमा राख्नाले उनीहरूको मधुमेह तह उल्टाउन सकिन्छ । यो कार्यक्रम अब मानक नेसनल हेल्थ सर्भिस (एनएचएस) डायबिटिज हेरचाहको हिस्सा हो । नतिजा प्रकाशित भएपछि नेपालमा काम गर्ने चिकित्सकहरूले अनुसन्धानकर्मी लिनलाई दक्षिण एसियाली देशमा यस्तै दृष्टिकोणले काम गर्न सक्छ कि भनेर जिज्ञासा राखेका थिए । यो बेलायतमाभन्दा यहाँ अझ प्रभावकारी हुन सक्ने उनको विश्वास छ ।

एसियाली पृष्ठभूमिका मानिसहरू आनुवंशिक रूपमा टाइप दुई मधुमेहको जोखिममा हुन्छन् । यसको अर्थ ‘मधुमेह सुरु हुनुभन्दा पहिले उनीहरूले थोरै मात्र तौल घटाउनुपर्र्छ,’ लिनले भने । तर, यसको अर्थ यो पनि हो कि उनीहरूले यसबाट छुटकारा पाउन धेरै तौल घटाउनुपर्दैन । ‘बेलायतका बिरामीहरूले आफ्नो मधुमेह उल्टाउन १० देखि १५ किलोग्रामसम्म तौल घटाउनुपर्ने हुन सक्छ, तर । नेपालमा भने यसको लगभग आधा घटाउँदा हुन्छ,’ लिनले भने ।

त्यसैले टोलीले सस्तो, स्थानीय सामग्री प्रयोग गर्ने योजना विकास गर्न थाले । सहभागीहरूलाई आठ हप्तासम्म प्रतिदिन ८५० क्यालोरीको तौल घटाउने योजना पालना गर्न भनियो । यसमा सामान्यतया दही र फलफूलको ब्रेकफास्ट र मुख्य खानाको रूपमा दालभात समावेश गरियो । त्यसपछि उनीहरूले आफ्नो तौल मेन्टेन गर्न उही आहारको उच्च क्यालोरीमा लागे । स्क्रिनिङ शिविरमा मधुमेह भएका र यसको उच्च जोखिममा रहेका मानिसहरूलाई आहार योजनासँगै एउटा कप, नाप्ने गिलास र तौल मापन गर्ने उपकरण दिइयो । उनीहरूलाई नियमित समर्थन समूह बैठकमा भाग लिन पनि आमन्त्रित गरिएको थियो । परीक्षण डिजाइन कागजातले योजनालाई ‘अनुशासित (परम्परागत) खाने बानीमा जोड दिने, खाजा र उच्च बोसो/चिनी प्रशोधित पश्चिमी प्रकारका खाना बेवास्ता गर्ने’ भनेर वर्णन गर्दछ ।

२०२५ को एक अध्ययनले काठमाडौंका पसलहरूमा बिक्री गरिने ८७ प्रतिशत प्याकेज गरिएका खानाहरूले चिनी, बोसो र नुनजस्ता सामग्रीहरूका लागि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको सीमा पार गरेको पत्ता लगाएको थियो । लिनले भने कि यो दृष्टिकोण रकेट विज्ञान होइन । तर, यो कुनै पनि औषधि र केही नगर्ने परम्परागत औषधिभन्दा धेरै प्रभावकारी थियो ।

उनले सहभागीहरूलाई सेतो चामलको सट्टा खैरो चामलमा फर्कन पनि प्रोत्साहित गरे । खैरो चामलमा कम पोषक तŒव र भिटामिन बि १ को स्तर कम हुन्छ (जसले शरीरले कार्बोहाइड्रेटसँग कसरी व्यवहार गर्छ भन्ने भूमिका खेल्छ) । विस्तारित अध्ययनले सुरुमा बेलायत सरकारको फन्डिङ प्राप्त गरेको थियो, तर पछि कटौतीको सिकार भयो । हावर्ड फाउन्डेसनले यसलाई जारी राख्न १.७८ मिलियन युरो प्रदान गरेको छ । 

नेपालमा टाइप दुई मधुमेहको दर बढ्नुको मुख्य कारण पश्चिमी जंकफुडको आयात भएको माइक लिनको अनुसन्धानले देखाउँछ । उनले ती नेपालीहरूसँग कुरा गरेका छन् जसलाई उनीहरूको गाउँमा आएको पहिलो साइकलको याद छ । ‘त्यो साइकलले मिठाई र सफ्ट ड्रिंक्स बोकेको थियो,’ उनी भन्छन्, ‘र यातायात सञ्जालमा सुधार हुँदै जाँदा जंकफुड मोटरसाइकल र त्यसपछि कार र भ्यानबाट आउन थाल्यो र अब यो सबै ठाउँमा छ । प्रविधिको प्रगतिले शारीरिक काम कम भयो । डायबिटिज बढ्दो दरको कारक यो पनि हो ।’ 

(द गार्जियनकी स्वास्थ्य संवाददाता क्याट लेको आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)

See More On

सुझावित समाचार