सन् १९९० : दक्षिण अफ्रिकामा रंगभेदी शासनको विरोध गरेका कारण २७ वर्ष जेलमा रहेका नेल्सन मन्डेला अन्तत: रिहा भए ।
सन् १८१४ : नर्वेले डेनमार्क, स्विडेन, नर्वेबिचको ‘कल्मार महासंघ’बाट अलग भएको घोषणा गर्दै स्वतन्त्रता घोषणा गर्यो ।
सन् १८८९ : जापानका सम्राट् मेइजीले नयाँ संविधान अंगीकार गरेसँगै देशमा आधुनिक सुधारको जग बस्यो, जुन सुधारलाई मेइजी सुधारको नामले चिनिन्छ ।
सन् १९१६ : महिला स्वतन्त्रताको पक्षमा स–सना मुद्दाको समेत विरोध हुने समयमा नारीवादी अभियन्ता एम्मा गोल्डम्यानले न्युयोर्कमा गर्भनिरोधबारे मन्तव्य दिइरहेको अवस्थामा पक्राउ परिन् । उनलाई दुई साताको जेल सजाय दिइएको थियो ।
सन् १९१९ : जर्मनीमा गणतन्त्र स्थापना भएपछिको पहिलो राष्ट्रपति ‘सोसल डेमोक्रेटिक पार्टी अफ जर्मनी (एसपिडी)’का नेता फ्रेडरिक एबर्ट चुनिए ।
सन् १९२९ : मुसोलिनी सरकार र पोप पिउस एघारौँका प्रतिनिधिबिच भएको ‘ल्याटरन सन्धि’अनुरूप इटलीको राजधानी रोम सहरभित्रको ४४ हेक्टेर क्षेत्रमा फैलिएको भेटिकन सिटीलाई स्वतन्त्रता प्रदान गरियो ।
सन् १९४५ : याल्टा सम्मेलनको अन्तिम दिन आज मित्रशक्तिका तीन नेता अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्ट, ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबिच युरोप नाजीवादबाट मुक्त भएको घोषणा गरे ।
सन् १९७५ : एडवर्ड हिथलाई हराउँदै मार्गरेट थ्याचर बेलायतका दुई प्रमुख दलमध्ये एक कन्जर्भेटिभ पार्टीको नेता चुनिइन् । थ्याचर कन्जर्भेटिभ पार्टीको नेतृत्वमा चुनिने पहिलो महिला हुन् ।
सन् १९७९ : सेनाले समर्थन फिर्ता गरेपछि शाह रेजा पल्हवीद्वारा चुनिएका प्रधानमन्त्री सापुर बख्तियारले राजीनामा दिए । योसँगै आयतोल्लाह अली खमेनी इरानका निर्विवाद नेता बने ।
सन् २०११ : इजिप्टमा उठेको जनविरोधको १८औँ दिनमा आजै देशमा ३० वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारकले राजिनामा दिन बाध्य भए ।
सन् २०१३ : पोप बेनेडिक्ट सोह्रौँले पदबाट राजीनामा दिने घोषणा गरे । उनी सन् १४१५ पछि राजीनामा दिने पहिलो पोप हुन् ।