सन् १८८५ : बेल्जियमका राजा लियोपोल्ड द्वितीयले कंगोलाई आफ्नो व्यक्तिगत मौजा घोषित गरे । कंगोका नागरिकमाथि चरम दमनकारी रहेको त्यस शासन व्यवस्था सन् १९०८ सम्म कायम रह्यो ।
सन् १९१८ : भ्लादिमिर लेनिन नेतृत्वको सोभियत सरकारले औपचारिक रूपमा राज्य र विद्यालयलाई धार्मिक प्रभावबाट अलग गरेको घोषणा गर्यो ।
सन् १९५८ : अरब एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सिरिया र इजिप्टबिच बनेको राजनीतिक संघ ‘संयुक्त अरब गणतन्त्र’का राष्ट्रपतिका रूपमा गमाल अब्देल नासेरको नाम औपचारिक रूपमा राष्ट्रपतिमा मनोनीत गरियो । फेब्रुअरी २१ मा जनमतसंग्रहले अनुमोदन गरिएपछि लगत्तै अर्को दिन उनी राष्ट्रपति बनेका थिए । तर, सो संघ लामो समय नटिकी तीन वर्षपछि नै टुट्यो ।
सन् २०२४ : बकिंघम दरबारले राजा चाल्र्स तृतीयलाई क्यान्सर लागेको घेषणा गर्दै राजाले गर्दै आएको राजकीय कर्तव्य रद्द गरिएको घोषणा गर्यो ।