सिजीले गर्‍यो विश्वकपलक्षित योजनाको तेस्रो चरणको विजेता घोषणा

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स सिजी ब्रान्डले ‘सिजीको साथमा, वल्र्डकप टिकट हातमा : लेभल अप विथ सिजी’ योजनाको विजेता घोषणा गरेको छ । आगामी आइसिसी टी–२० विश्वकपलाई लक्षित गर्दै ल्याइएको उक्त योजनामा सहभागी ग्राहकमध्ये तेस्रो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । गोलाप्रथाबाट काठमाडौंका सुवर्ण खरेल विजेता बनेका छन् । उनले वसुन्धराबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरेका छन् । 

कम्पनीका अनुसार विजेता खरेलले पाँचदिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । उक्त प्याकेजमा काठमाडौं–मुम्बई दुईतर्फी हवाई यात्रा, तारे होटेलमा बसाइ, खानपिन तथा मुम्बई सहर अवलोकन समावेश छ । साथै, मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेल प्रत्यक्ष हेर्ने अवसरसमेत उपलब्ध हुनेछ । 

यो तेस्रो चरण मात्र भएको र योजना अझै पनि जारी रहेको बताइएको छ । योजनामा सहभागी हुन इच्छुक ग्राहकले देशभर रहेका सिजी डिजिटलका सोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सिजी ब्रान्डका साना घरायसी उपकरण खरिद गरी तोकिएको प्रक्रियाअनुसार सन्देश पठाएर सहभागिता जनाउन सक्नेछन् ।

See More On

सुझावित समाचार