सिबिफिनको अध्यक्षमा श्रेष्ठ

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

 बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारणसभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त थियो । सोही पदमा श्रेष्ठ चयन भएका हुन् । परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बुधबार बसेको बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठ चयन भएका हुन् । 

नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास गरी सिबिफिनजस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गरे । त्यसैगरी, नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमिति बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपाललाई मनोनीत गरेको छ ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरूमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूमध्येबाट मनोनीत गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको हो । 

See More On

सुझावित समाचार