नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरस्थिति पार्टी कार्यालयबाट नेता, कार्यकर्ता तथा समर्थकसहित दिउँसो ४ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर निधिले उम्मेदवारी दर्ता गराएका हुन्।
निधिको प्रस्तावकमा कांग्रेसका मधेश प्रदेश सांसद रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह छन्। यसअघि निधि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए।