सन् २००९ : अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको शपथ लिए । अमेरिकी इतिहासमा पहिलोपटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन् ।
सन् १९६९ : पाकिस्तानका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो । २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो ।
सन् १९८१ : इरानले बन्धक बनाएर राखेका दर्जनौँ अमेरिकी नागरिकलाई महिनौँपछि सन् १९८१ को २० जनवरीमा रिहा गरेको थियो । मुस्लिमहरूको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो ।
सन् २०२१ : कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । डेमोक्य्राटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन् । ५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकाका हुन् । उनले हार्वर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन् ।