सुनसरी १ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत यससम्बन्धी जानकारी दिएका छन्। 

उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !

०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोककुमार राई सुनसरी १ बाट विजयी भएका थिए। 

सुझावित समाचार