स्वास्थ्य बिमाको २५ लाख हिनामिना गर्ने तीनजनालाई दुई–दुई वर्ष कैद सजाय

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

स्वास्थ्य बिमाको २५ लाख ६७ हजार रकम हिनामिना गर्ने तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारकी कर्मचारी तृप्ति शाही र कुमारी बैंकको सुर्खेत अस्पतालस्थित एक्सटेन्सन काउन्टरकी इन्चार्ज गोमा सिँजाली मगरलाई दुई–दुई वर्ष कैद सजाय सुनाएको हो। 

उनीहरूमध्ये सुवेदी र शाहीलाई जनही आठ लाख ८३ हजार ४१४ तथा मगरलाई आठ लाख ६८६ बिगो असुल गरी सोहीबराबर जरिवानाको फैसला भएको छ। 

उनीहरू तीनजना मिलेर स्वास्थ्य बिमा गर्न आउने व्यक्तिहरूसँग लिइएको शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरेको भन्दै गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । 

सुझावित समाचार