सन् १९८४ : चिनियाँ प्रधानमन्त्री झाओ जियाङ र ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले ब्रिटिस शासन रहेको टापु हङकङलाई सन् १९९७ मा चीनलाई फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरे । सो वर्ष बेलायतले टापुलाई ९९ वर्षका लागि भाडामा लिएको समय सकिँदै थियो ।
सन् १९३२ : बिबिसी बेलायतबाहिर अस्ट्रेलिया र न्युजिल्यान्डलगायत क्षेत्रमा पनि प्रसारण हुन थाल्यो ।
सन् १९४१ : एडोल्फ हिट्लरले आफूलाई जर्मन सेनाको कमान्डर–इन–चिफ चुने ।
सन् १९४६ : हो ची मिन्ह नेतृत्वको फौजले हनोईमा फ्रान्सेली औपनिवेशिक सेनाविरुद्ध आक्रमण गरेसँगै पहिलो इन्डोचाइना युद्ध सुरु भयो ।
सन् १९६७ : दुई दिनअघि भिक्टोरियाको चेभियट तटमा पौडिने क्रममा हराएका अस्ट्रेलियाका प्रधानमन्त्री ह्यारोल्ड होल्टलाई औपचारिक रूपमा डुबेर मरेको घोषणा गरियो ।
सन् १९८६ : गोर्बाचेभको खुलापन सुरु भएपछि अभियन्ता आन्द्रे ससारोभ र उनकी श्रीमती इलेना बोनरलाई गोर्कीको आन्तरिक निर्वासन अन्त्य गरेर मस्को फर्किने अनुमति दिइयो ।
सन् २०१२ : पार्क गुयन–हे दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति चुनिइन् ।