नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले नवनिर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजाने बताएका छन्। बिहीबार ११औँ महाधिवेशनबाट पुनः महासचिवमा निर्वाचित भएका पोखरेलले हिजो को कहाँ थियो भन्ने बिर्सेर सबै मिलेर पार्टीलाई निर्णयक शक्तिको रूपमा विकास गर्न लागिपर्नुपर्ने बताए।
उनले राष्ट्रका सामु उत्पन्न भएका समस्यालाई चिर्न सबै एकसाथ उभिनुपर्नेमा जोड दिए । देशको अवस्था प्रतिकूल बनेकोमा त्यसको सामना गर्न सक्षम, अनुभवी र स्वीकार्य नेतृत्व पार्टीमा स्थापित गर्नुपर्छ भन्दै त्यसको नेतृत्व केपी ओलीले नै गर्नु भन्ने मान्यताका साथ अगाडि बढेको र त्यो कुरा सफल भएको बताए ।
मुलुकमा देखिएको प्रतिगमनका दृश्यहरूलाई चिरेर समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई पूरा गर्न लागिपर्ने उल्लेख गरे ।