इकोनोमी रनरेटमा सन्दीप उत्कृष्ट बलर

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

क्वालिफायर २ बाट बाहिरिएको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने दोस्रो सिजनकै सर्वाधिक विकेटकर्ता बनेका छन् । दोस्रो एनपिएलमा सन्दीपसँगै सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले समान १७ विकेट लिएका थिए । सन्दीपले नौ खेलमा नौ इनिङ्स बलिङ गर्दै ४.९१ इकोनोमी राखेका छन् । बोहराले नौ खेलमा ११.४७ इकोनोमी खेली दोस्रो स्थानमा रहेका छन् । च्याम्पियन लुम्बिनीका स्पिनर शेरले १० खेलमा १३.७६ इकोनोमी राखेका छन् । उनी तेस्रो स्थानमा छन् । 

दोस्रो एनपिएलका चौथो सर्वाधिक विकेट लिने बलर लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले १५ विकेट हात पारेका छन् । उपाधि भिडन्तमा उनले तीन रन खर्चेर तीन विकेट लिएका थिए । यसैगरी, इलिमिनेटर चरणबाट बाहिरिएको काठमाडौं गोर्खाजका सहाब आलम १३ विकेटका साथ पाँचौँ र काठमाडौंकै कप्तान करण केसी १३ विकेटका साथ छैटौँ स्थानमा रहेका छन् । 

रनरेटकै आधारमा सहाबले करणलाई पछि पारेका हुन् । एनपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन ४–११ रह्यो । अविनाशले ३० रन खर्चेर चार विकेट लिएका थिए । शेरले विराटनगरविरुद्ध १८ रन खर्चेर तीन विकेट लिँदै उत्कृष्ट स्पेल बलिङ गरेका थिए । रुबेनले भने फाइनलको दिन उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । यसै प्रदर्शनमा उनले इकोनोमीसमेत सुधारे । 

प्रतियोगितामा सहाब एनपिएलकै पहिलो ह्याट्रिक लगाउने बलर बन्दा पोखराविरुद्ध ६–२५ रेकर्ड राखेका थिए । करणले सुदूरपश्चिमविरुद्ध ३० रन खर्चे चार विकेट लिएका थिए । सुदूरपश्चिमका हर्मित सिंहले सातौँ स्थानमा रहे । उनले नौ खेलमा १२ विकेट लिँदा ६.१८ को इकोनोमी रेट राखेका छन् । उनले काठमाडौं गोर्खाजविरुद्ध २२ रन खर्चेर तीन विकेटको स्पेल गरेका थिए । 

सुझावित समाचार