केपी ओलीबाटै पार्टीको लोकतान्त्रिक प्रक्रियामा अवरोध : सुरेन्द्र पाण्डे

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीबाटै पार्टीको लोकतान्त्रिक प्रक्रियालाई अवरोध पुर्याउने काम भइरहेको बताएका छन्।

एउटा व्यक्ति दुईपटकभन्दा बढी पार्टीको प्रमुख हुन नपाइने र ७० वर्षभन्दा बढी पार्टीको नेतृत्वमा नरहने व्यवस्था हटाएर लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर्याएको पाण्डेको टिप्पणी छ।

११औँ महाधिवेशनको सन्दर्भमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहको युवा भेलामा पाण्डेले भने, ‘धेरै नेता–कार्यकर्ता यही व्यवस्थाअन्तर्गत बिदा हुनुभयो। स्वयं केपी ओली कमरेडले भन्नु भएको थियो– म एउटा कक्षा दोहोर्याएर जाँच दिन्न । मलाई एकपटक अध्यक्ष भए पुग्छ। तर, आज विधानको त्यो व्यवस्था हटाएर हाम्रो पार्टी आफैँले आरम्भ गरेको लोकतान्त्रिक प्रक्रियाको बाटोलाई अवरोध पुर्याउने काम भइरहेको छ।’

आफूहरूले पार्टीलाई पुनः लोकतान्त्रिक बाटोबाट हिँडाउन चाहेको उल्लेख गर्दै उनले उक्त व्यवस्थालाई पुनर्व्यवस्थित गर्न चाहेको प्रस्ट पारे।

सुझावित समाचार