इतिहासमा आज

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १९९४ : रुसी फौज चेचन्या प्रवेश गरेसँगै पहिलो चेचेत युन सुरु भयो । चेचेन गणतन्त्रले रुसबाट अलग हुने प्रयास गरेपछि रुसले आक्रमण गरेको थियो ।

सन्  १९१३ : लियोनार्दो दा भिन्चीको चर्चित चित्र ‘मोनालिसा’ लुभ्र संग्रहालबाट चोरिएको दुई वर्षपछि बेच्न लागिएको अवस्थामा भेटियो । चोरीले सो चित्रको लोकप्रियता बढाउने काम गरेको थियो । 

सन् १९७२ : हालसम्म चन्द्रमा जाने अन्तिम अन्तरिक्षयान ‘एपोलो १७’को ल्यान्डर ‘च्यालेन्जर’ले यसै दिन चन्द्र धरातल छोयो । 

सन् २००१ : चीन १५ वर्ष लामो सघन छलफलपछि अन्तत: विश्व व्यापार संगठनको १४३औँ सदस्य बन्यो । 

सन् २०१७ : साउदी अरबले सिनेमा प्रदर्शनमा लगाएको प्रतिबन्ध खुलायो । 

सन् २०१९ : भारतको संसद्ले विवादित नागरिकता संशोधन विधेयक पारित गर्यो । 

सुझावित समाचार