युरोप कमजोर नेताको झुन्ड हो : ट्रम्प

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपलाई ‘कमजोर’ मानिसको नेतृत्वमा रहेको राष्ट्रहरूको समूह भएको बताएका छन् । युरोपेली आप्रवासनलाई लक्षित गर्दै सो महादेशको निरन्तर ‘क्षय हुँदै गइरहेको’समेत ट्रम्पले आरोप लगाए । 

अमेरिकी मिडिया ‘पोलिटिको’लाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले युरोपेली संघ र युरोपेली नेताहरूको बारम्बार आलोचना गरेका छन् । युरोपेली नेताबारे टिप्पणी गर्दै ट्रम्पले भने ‘मलाई लाग्छ तिनीहरू कमजोर छन् । तिनीहरूलाई के गर्ने भन्ने नै थाहा छैन ।’

उनले आप्रवासनमा हंगेरी र पोल्यान्डका नीतिको भने प्रशंसा गरे । तर, बाँकी युरोपले भने ‘जसलाई पनि महादेशभित्र आउन अनुमति दिइरहेको’ बताए । ‘कुनै कुराको जाँच नगरी उनीहरू जसलाई पनि भित्र्याइरहेका छन्,’ ट्रम्पले भने । ट्रम्पले अन्तर्वार्तामा युरोपभित्रका चुनावमा आफ्नो विचार मिल्ने नेतालाई समर्थन दिने पनि बताए । ‘मैले कैयौँ मानिसलाई समर्थन गरेको छु । मैले धेरै मन नपर्ने युरोपेलीलाई समेत समर्थन गरेको छु । तिनमा भिक्टर ओर्बान एक हुन्,’ ट्रम्पले भने । 

‘ओर्बानले आप्रवासन सन्दर्भमा सही गरेका छन् । उनी आफ्नो देशमा कसैलाई पनि अनुमति दिँदैनन् । पोल्यान्डले पनि त्यस सन्दर्भमा धेरै राम्रो काम गरेको छ । तर, धेरैजसो युरोपेली राष्ट्र भने पतन हुँदै गएका छन्,’ उनले भने ।

See More On

सुझावित समाचार