सन् १९७९ : विश्व स्वास्थ्य संगठनले बिफर उन्मूलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुइवटा संक्रमित रोग मात्रै पूर्ण रूपमा उन्मूलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट उन्मूलन भएको घोषणा गरिएको थियो । रिन्डरपेस्ट गाईवस्तुमा लाग्ने संक्रमण रोग हो ।
सन् १८९३ : फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्बर अफ डिपुटिजमा बम विस्फोट गराएका थिए । सो आक्रमणमा कोही घाइते नभए पनि उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
सन् १९४१ : दोस्रो युद्धको समयमा अमेरिकीहरूलाई लामो युद्धको योजना बनाउन अमेरिकाका ३२औँ राष्ट्रपति फ्रैंकलिन डी रुजवेल्टको सुझाव ।
सन् १९५० : दोस्रो विश्वयुद्धको समयमा सोभियत संघलाई परमाणु बमको गोप्य जानकारी दिएको अभियोगमा ह्यारी गोल्डले ३० वर्ष कारागारको सजाय ।
सन् १९६१ : तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटिसको शासनमा थियो । जर्मन पूर्वी अफ्रिकाका अंश तागानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रूपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तान्जेनिया भएको थियो ।