सन् १९४१ : जापानी नौसेनाले ३५३ जहाजमार्फत पल हार्वरमा तैनाथ अमेरिकी फौजमाथि व्यापक बमबारी गर्यो, जसमा दुई हजार ४०३ को मृत्यु भयो । यस आक्रमणपछि अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो ।
सन् १७८७ : डेलावर अमेरिकाको संविधानलाई अनुमोदन गर्ने पहिलो अमेरिकी राज्य बन्यो ।
सन् १८०४ : प्राकृतिविद् एलेक्जेन्डर भोन हमबोल्ड्टले पृथ्वीको चुम्बकीय क्षेत्र ध्रुवबाट भूमध्यसागरतर्फ जाँदा घट्दै जाने कुरा पत्ता लगाए ।
सन् १८०८ : जेम्स म्याडिसन अमेरिकाको चौथो राष्ट्रपतिका रूपमा निर्वाचित भए ।
सन् १९४९ : चिनियाँ कम्युनिस्ट र राष्ट्रवादी शक्तिबिचको गृहयुद्धमा हारेका राष्ट्रवादी नेता चियाङ काई–सेक ताइबान भागे ।
सन् १९७२ : मानिसलाई चन्द्रमामा अवतरण गरेको अन्तिम चन्द्र अभियान ‘अपोलो १७’ आजकै दिन प्रक्षेपण भएको थियो । यसमा सवार अन्तरिक्षयात्रुले खिचेको पृथ्वीको निलो तस्बिर ‘ब्लु मार्बल’ निकै चर्चित भएको थियो ।
सन् १९७५ : इन्डोनेसियाको सेनाले पूर्वी टिमोरलाई कब्जामा लियो ।
सन् १९८१ : स्पेन नेटोको सदस्य बन्यो ।
सन् १९८८ : संयुक्त राष्ट्र संघको सम्बोधनका क्रममा सोभियत नेता मिखाइल गोर्बाचेभले उनको देशको सैनिक १० प्रतिशत घटाउने घोषणा गरे । सोही दिन उनले न्युयोर्कस्थित अमेरिकाको वित्त केन्द्र वाल स्ट्रिटको भ्रमण गरेका थिए ।
सन् २०१५ : तत्कालीन अमेरिकी राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले सबै मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने प्रस्ताव गरे ।